शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

यही चैत्र ९मा नेप्लिज ग्यास्ट्रोनोमी सेफ कम्पिटिशन हुने


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ६, २०७७
  • 784
    SHARES

काठमाडौं, ६ चैत्र । ग्लोबल नेप्लिज सेफ फेडरेशन र अन्तर्राष्ट्रिय नेप्लिज सेफ्स सोसाइटी युकेको संयुक्त आयोजनामा अलोफ्ट होटलको प्रस्तुति रहेको नेपालिज ग्यास्ट्रोनोमी सेफ कम्पिटिशन(२०२१ साथै नेपालि सेफ अवार्ड हने भएको छ।

कार्यक्रम यहि २२ मार्च २०२१(चैत्र ९) गते अलफ्ट होटल काठमाडौ को प्रयोजनमा सेन्चुरी मसला संगको सहकार्यमा काठमाण्डौ को पाँच तारे होटलमा हुन गइरहेको बिहीबार पत्रकार सम्मेलन गरि जानकारी गराइयो।

कम्पिटिशनहरु बाट नै नेपाली खानाको विकाश र विस्तार र नेपाली खानालाई स्तरिय बनाउन सहयोग पुग्ने आयोजक न्ल्ऋँ का अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले बताउनु भयो।
विश्व नेप्लिज सेफ सोसाइटीका संरक्षक सुर्य किरण श्रेष्ठले कम्पिटिशनका विविध विधाका वारेमा जानकारी गराउनु भयो।
प्रतिस्प्रदामा नितान्त नेपाली खाना र त्यसको प्लेटिङ्गमा फोकस हुने छ । ७र८ जनाले मात्र प्रतिसप्रदामा भाग लिन पाउने छन जो अनलाइन बाट छनोट गरिनेछ । यस प्रतिस्प्रधामा पहिला रु ५००००,दोस्रो रू३०००० र तेस्रो रू२०००० दिईने छ।

जजको रुपमा बिबिसी मास्टर सेफका उपबिजेता सन्तोष शाह र अल्फ्ट होटलका जिएम बिक्रम सिंघ रहेको जानकारी गराइयो।
यस कम्पिटिसन र अवार्ड लाई सेन्चुरि मसाला,बाबा तेल,अउरा हाइजिन,टुरिजम बोर्ड, गेट कलेज,रिट्ज कलेज,आइसिएचएम कलेज , मार्कोपोलो रेस्टुरेन्ट तथा विभिन्न संस्था हरुले साथ दिएको अध्यक्षद्वय भान्से लक्षमन भण्डारी ले बताउनु भयो ।

बिदेशी पाँच तारे होटलहरुले पनि नेपाली खानालाई बिकास गरेरलैजानु पर्छ भन्ने मान्यता लाई आत्मसाथ गरेर यो कार्यक्रम को आयोजना गरेको अलफ्ट होटल काठमाडौ का जनरल मेनेजर बिक्रम सिंहले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)