शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अब पर्यटकका लागि शुन्य क्वारेन्टाइन,अनअराइभल भिसा र कोरोना बिमा नचाहिने


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ७, २०७७
  • 1.4K
    SHARES

काठमाडौं ,७ चैत्र।

कोरोना भाइरस विरुद्धको खोप लगाएका वा ७२ घण्टाको पीसीआर रिपोर्ट लिएर आउने पर्यटकहरुका लागि क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैंठकले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पेस गरेको कार्यविधि पास गरेसँगै खोप लगाएर र ७२ घण्टाको पीसीआर रिपोर्ट लिएर आएका पर्यटकहरु सिधै घुम्न जान पाउने भएका हुन् ।

यस्तै पर्यटकहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनअराइभल भिसा दिनेसमेत निर्णय भएको छ ।

हाल नेपाल आउन चाहने पर्यटकले ट्राभल तथा पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायी तथा निकायको सिफारिसमा सोही मुलुकस्थित नेपाली नियोगबाट भिसा लिएर मात्र नेपाल आउनुपर्ने नियम रहेको थियो ।

नेपाल आउँदा विदेशी पर्यटकहरुले ५ हजार डलरको कोरोना बिमा समेत गर्नुपर्ने प्रावधान हटाएको छ । अब पर्यटकले यात्रा बिमा मात्र गरे पुग्नेछ ।

व्यवसायीहरुले सरकारसँग लामो समयदेखि पर्यटकका लागि नेपाल आउन खुला गरेसँगै अनराइभल भिसा सहज बनाउनु पर्ने,कोभिडको खोप लगाएकालाई क्वारेन्टाइनमा राख्न नपर्ने व्यवस्था गर्न र कोभिडको बिमा हटाउनु पर्ने माग राख्दै आएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)