सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा बढ्दो क्रममा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ८, २०७७
  • 778
    SHARES

नयाँ दिल्ली, ८ चैत्र। 

भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि मुम्बई शहरले व्यस्त क्षेत्रमा कोरोना परीक्षण गर्न अनिवार्य गरेको छ ।

स्थानीय सरकार मार्फत् सपिङ सेन्टर र ट्रेन स्टेसन जस्ता व्यस्त र भीडभाड हुने क्षेत्रमा कोरोना परीक्षणको द्रुत विधिमा मार्फत् गर्ने व्यवस्था मिलाइएको छ ।

कोरोना परीक्षण गर्न नमान्नेलाई कारवाही गरिनेछ । भारतमा पछिल्लो २४ घन्टामा मात्रै ४३ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

विगत चार महिनामा शनिबार भारतमा संक्रमण ४० हजार नाघेको हो । भारतमा कोरोना संक्रमणकै कारण १ लाख ६० हजारको हाराहारीमा मानिसको मृत्यु भइसकेको छ ।

भारतमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १ करोड १५ लाख नाघेको छ । भारतकै कोरोना हटस्पटका रुपमा हेरिएको महाराष्ट्र राज्यमा रहेको मुम्बई शहरमा मात्रै पछिल्लो २४ घन्टामा झण्डै ३ हजार मानिस कोरोना संक्रमित भएका छन् । संक्रमण बढेकै कारण व्यस्त क्षेत्रमा परीक्षण अनिवार्य गरिएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)