सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकामा रहेका ताप्लेजुङवासीद्वारा आगलागी पीडितलाई सहयोग


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ८, २०७७
  • 845
    SHARES

चैत्र, ताप्लेजुङ। ताप्लेजुङमा घर भई अमेरिकामा बस्दै आएका तीन समाजसेवी तथा व्यवसायीले ताप्लेजुङको दोभानका आगलागी पीडितलाई रु सात लाखभन्दा बढी राहत रकम सङ्कलन गरी प्रदान गरेका छन् ।

समाजसेवी तथा रेष्टुरेण्ट व्यवसायी बीरु गुरुङ, नुन चिनी पानी अभियानकर्मी तथा पत्रकार अर्जुन दाहाल र नुन चिनी पानी अभियानकर्मी तथा गायक केशव दाहालको पहलमा सङ्कलित रु सात लाख ४३ हजार ८८५ शनिबार पीडित परिवारलाई वितरण गरिएको छ ।

अमेरिकामा रहेका ताप्लेजुङवासीलगायतबाट सङ्कलन भएको रकम समाजसेवी शिवकुमार गुरुङमार्फत आगलागीबाट विस्थापित ५९ परिवारलाई वितरण गरिएको हो । गुरुङले आगलागी क्षेत्रमा पुगेर मेरिङ्देन गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको समन्वयमा राहत वितरण गर्नुभएको थियो ।

आगलागी पीडितलाई सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले राहत सङ्कलन गरी पठाइएको अमेरिकामा रहेका अर्जुन दाहालले जानकारी दिनुभयो । गत फागुन १८ गते भएको आगलागीबाट मेरिङदेन गाउँपालिका–३ मा पर्ने दोभानका ५० घर जलेर नष्ट भएका थिए भने ५९ परिवार विस्थापित बनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)