मार्च २१ अमेरिका । अमेरिकामा ५६ औं अन्तर्राष्ट्रिय जातिय तथा रंगभेद दिवस सम्पन्न भएको छ । अमेरिकामा रहेर विभेद, जातिय छुवाछुत तथा असमानताका क्षेत्रमा कार्य गर्दैका आएका संस्थाहरु नासो, ग्लोबल फोरम, आइसीडिआर, एडवान, पिडिआरसि र इन्टरनेशनल एलाइन्स फर सोसल जस्टिसको संयुक्त आयोजनामा ५६ औं अन्तर्राष्ट्रिय जातिय तथा रंगभेद दिवस मार्च २१, २०२१ जुममार्फत जातिय छुवाछुतका विरुद्ध डायस्पोराको पहल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
समाजसेवी तथा अधिकारकर्मी डा. बिष्णुमाया परियारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा महाबाणिज्यदुत प्रेमराजा महत, विशेष अतिथिहरुमा नेपाली राजदुताबासका डेपुटी चिफ अफ मिसन कुमार राज खरेल एनआरएन अमेरिकाका सुनिल शाह, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, प्रवासी मन्ञ अमेरिकाका अध्यक्ष प्रभु थापा लगायतका व्यक्तिहरुले यस सम्बन्धमा मन्तव्य राखेका थिए ।
यस्तै कार्यक्रममा डा. देषराज संयोक, नासोका निवर्तमान अध्यक्ष गोपाल विश्वकर्मा, दलित अधिकारकर्मी अम्बिका गजमेर, पुण्यवती रम्तेल, नेपाल राष्टिय समाज कल्याण संघका अध्यक्ष त्रिलोकचन्द्र विश्वासले मन्तव्य प्रकट गरेका थिए । ग्लोबल फोरमका अध्यक्ष तीर्थ बर्माले कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उदेश्यका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा सबैजसो बक्ताहरुले यो वर्ष कोरोना महामारीमा सबैभन्दा बढी दलित र सिमान्तकृत समुदाय प्रभावित भएको र रुकुमको नरसंम्हारकारी घटनाको स्मरण गर्दै अमेरिकामा समेत काला जाति, एशियन तथा अन्य देशबाट आएका नागरिकहरुले भेदभाव सामना गर्नु परेको उल्लेख गर्दै जातिय विभेदविरुद्धको अभियानमा सहकार्य र ऐक्यवद्धता रहने कुरा उल्लेख गरेका थिए । यो समस्या कुनै एउटा जातिको मात्र समस्या नभएर सिंगो देशको समस्या रहेको बताएका थिए ।
विभिन्न क्षेत्रमा जातिय विभेदको घटनाहरु टेष्टिमोनीको रुपमा प्रस्तुत गरिएको थियो । नेपालको मधेसी दलित शभ्मू सदा जसलाई पुलिस कष्टडीभित्रै मारिएको घटनाकोे सन्दर्भमा पाचिलाल माझी, काठमाडौंमा कोठा भाडामा गरिएको विभेद बारे करुणा विश्वकर्मा, विभिन्न विभेदका घटना सन्दर्भमा अधिवक्त श्याम विश्वकर्मा, भारतमा भैरहेको जातिय विभेदका सम्बन्धमा प्रिया निजर र स्कलर नेहा रायमाझीले विभिन्न जातिय विभेद र छुवाछुतका घटनाहरु प्रस्तुत गरेका थिए ।
नासोका महासचिव राजन सुनारको सन्चालनमा भएको सो कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति डा. बिष्णुमाया परियारले प्रमुख अतिथि, अतिथि, सहभागी, सहभागी संघसंस्था सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेकी थिइन ।

