शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटन क्षेत्रमा सकारात्मक संकेत ,बढ्न थाले विदेशी पर्यटक


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ९, २०७७
  • 966
    SHARES

काठमाडौं, ९ चैत । विश्वभर कोभिड विद्धरुको खोप लगाउने अभियान सञ्चालन, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना, पर्यटक क्वारेन्टाइनको व्यवस्था खुकुलो बनाउने सरकारको तयारी लगायत कारण पर्यटन क्षेत्रमा पनि सकारात्मक संकेत देखिएका छन् ।

अध्यागमन विभागको पछिल्लो तीन महिनाको तथ्यांकले पर्यटक आगमन मासिक रूपमा बढ्दै गएको देखाएको छ ।

 

विभागका अनुसार चालू आर्थिक वर्षको पुस महिनामा मुलुकमा ५ हजार २३२ जना पर्यटक नेपाल भित्रिएका थिए । सो अवधिसम्ममा नेपाल आउने पर्यटकको कुल संख्या भने २५ हजार ७५० रहेको थियो ।

पुसको तुलनामा माघ महिनामा पर्यटक आगमन २ हजारभन्दा धेरैले बढेको छ । सो महिनामा कुल ७ हजार ५३६ जना पर्यटक नेपाल आएका छन् ।

यसैगरी फागुनमा समेत माघ महिनाको भन्दा धेरै पर्यटक भित्रिएका छन् । गत महिनामा नेपाल आउने पर्यटकको संख्या ९ हजार ६६ रहेको छ । यससँगै फागुन मसान्तसम्ममा नेपालमा कुल ४२ हजार २५२ जना पर्यटकको आगमन भएको छ ।

चालू आर्थिक वर्षको फागुनसम्ममा विभिन्न प्रयोजनका लागि नेपाल आएका पर्यटकबाट विभागले ४२ करोड २६ लाख २९ हजार रुपैयाँ शुल्क संकलन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)