मङ्लबार, बैशाख २५, २०८१

नेपाल र बङ्गलादेशबीच चार समझदारी पत्रमा हस्ताक्षर


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १०, २०७७
  • 497
    SHARES

१० चैत्र, काठमाडौं । नेपाल र बङ्गलादेशबीच सोमबार चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदको उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमा सोमबार समझदारी पत्रहरुमा हस्ताक्षर भएको हो ।

दुई देशवीच पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदान–प्रदान र रोहनपुर–सिंहवाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेनले हस्ताक्षर गर्नुभएको छ।

त्यसैगरी समझदारीपत्रहरुमा नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बङ्गलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गर्नुभएको छ।

राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता
समझदारीपत्रमा हस्ताक्षरअघि राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच राष्ट्रपति भवनमा भेटवार्ता भएको थियो ।

भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए ।

भेटवार्तापछि राष्ट्रपति हमिदले सोही भवनमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा नेपाली भ्रमण टोली सहभागी भयो ।

बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका पुग्नुभएको हो।

राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बङ्गबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुभएको छ।

सम्वोधनअघि बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }