सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमारमा प्रहरीको गोली लागेर सात बर्षिया बालिकाको मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ११, २०७७
  • 440
    SHARES

११ चैत्र, काठमाडौं । म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षकी बालिकाको मृत्यु भएको छ।

मन्डालय सहरकी ती बालिका गत महिना कूमार्फत सत्ता हत्याएको सेनाले गरेको दमनमा ज्यान गुमाउने सबैभन्दा कम उमेरकी व्यक्ति हुन्। उनलाई घरमै हुँदा गोली हानिएको परिवारले दाबी गरेका छन्।

स्थानीय सञ्चारमाध्यमले सुरक्षाकर्मीले गत सोमबार उनका बुवालाई लक्षित गरेर गोली हाने पनि काख बसेकी छोरीलाई लागेको बताएका छन्।

गोली लागेपछि उनलाई उपचार गर्न अस्पताल लगिएको थियो तर उनी बाँचिनन्।

उनका १९ वर्षीय दाजुलाई सुरक्षाकर्मीले पक्राउ गरेर लगेका छन्। यसअघि फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि म्यानमारमा दिनदिनै प्रदर्शन भइरहेका छन्।

अहिलेसम्म सुरक्षाकर्मीको गोली लागेर मारिएकामध्ये २० जना बालबालिका रहेको सेभ द चिल्ड्रेनले बताएको छ।

एसिस्टेन्स एसोसिएसन फर पोल्टिकल प्रिजनर्सका अनुसार मृत्यु हुनेको संख्या २६१ पुगेको छ।

सेनाले प्रदर्शनकारीको मृत्युमा दु:ख व्यक्त गरेको छ तर उनीहरूले देशमा अराजकता ल्याएको आरोप लगाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)