सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा दैनिक ४० हजार संक्रमित थपिँदै, अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध ३० अप्रिलसम्म


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ११, २०७७
  • 761
    SHARES

११ चैत्र, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ४७,२३९ संक्रमित भेटिएका छन् । यस्तै २३,९१३ संक्रमित निको भएका छन् भने २७७ को मृत्यु भएको छ । भारतमा लगातार पाँचौ दिन ४० हजारभन्दा बढी संक्रमित भेटिएको हो । मृत्युको आँकडा पनि यो वर्ष सबैभन्दा धेरै छ । यसैबीच भारतको केन्द्र सरकारले अन्तर्राष्ट्रिय उडानमाथि लगाएको रोकलाई ३० अप्रिल (बैशाख १७) सम्म बढाएको छ ।

भारतमा हालसम्म १ करोड १७ लाख ३३ हजार ५ सय ९४ जना संक्रमित भइसकेका छन् । यीमध्ये १ करोड १२ लाख ३ हजार १६ बिरामी ठिक भइसकेका छन् जबकी १.६० लाखले ज्यान गुमाएका छन् । साथै ३.६५ लाखको उपचार चलिरहेको छ ।

मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले सरकारले प्रदेशका २–३ शहरमा हरेक आइतबार लकडाउन गर्नेबारे विचार गरिरहेको बताए । उनले भने, ‘भोपाल र इन्दौरमा हरेक दिन ३ सय देखि ४ सय केस आइरहेका छन् । यदि यसै गरी संक्रमित वृद्धि भइरहे, हामी पुरानो स्थितिमा पुग्नेछौं । म मानिसहरुलाई कोरोना गाइडलाइन पालन गर्नुहोस् भनेर हात जोडेर अपिल गर्दछु ।’

यस्तै दिल्ली सरकारले सबै हवाई अड्डा, रेलवे स्टेशन, अन्तर्राष्ट्रिय बस टर्मिनलमा अन्य राज्यबाट आउने यात्रीको र्यान्डम टेस्टिङ () अनिवार्य गरेको छ । दिल्लीमा सार्वजनिक स्थानमा होली र नवरात्रि मनाउन रोक लगाइएको छ ।

उत्तर प्रदेशमा होली अघि राज्य सरकारले केही निर्देशन जारी गरेको छ । यसमा पूर्व अनुमति बिना कुनै जुलुस निकाल्न सकिने छैन । ६० वर्षभन्दा बढी र १० वर्षभन्दा कम उमेरका बच्चालाई कुनै प्रकारको उत्सवमा भाग लिन अनुमति छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)