मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हिरोज अफ नेपाल’मा शेफ सन्तोष साह सम्मानित


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १२, २०७७
  • 417
    SHARES

काठमाडौ, १२ चैत्र।
नबिल बैंकको ‘हिरोज अफ नेपाल’मा शेफ सन्तोष साह सम्मानित हुनुभएको छ ।

बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन सफल नेपालीलाई सम्मान गर्ने अभियान अन्तर्गत साहलाई सम्मान गरेको हो । बैंकले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी साहलाई सम्मान गरेको हो ।

शेफ सन्तोष साहले बेलायतको मास्टर शेफ कार्यक्रममा नेपाली परिकारहरुलाई विश्व सामु चिनाउनु भएको थियो । सम्मान कार्यक्रममा शेफ साहले आफ्ना अनुभव र जीवनका उपलब्धीहरु बताउनुभएको थियो ।

बैंकले शेफ साहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्ने र ५ जना महिला विद्यार्थीहरुलाई छात्रवृति दिने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)