सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा २४ घण्टामा झन्डै ६० हजार कोरोना संक्रमित


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १३, २०७७
  • 586
    SHARES

१३ चैत्र, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ५९,०६९ नयाँ संक्रमित भेटिएका छन् । यस्तै, ३२ हजार ९ सय १२ संक्रमित निको भएका छन् भने २५७ को मृत्यु भएको छ । यो नयाँ केस १७ अक्टोबरपछिको सबैभन्दा धेरै हो । त्यतिबेला ६१,८९३ बिरामी भेटिएका थिए ।

बिहिबार सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा २५,८५७ को वृद्धि भएको छ । यो लगातार दोस्रो दिन थियो जब सक्रिय संक्रमित २५ हजारभन्दा बढी बढे । पछिल्लो एक हप्तामा नै सक्रिय संक्रमितमा १ लाख ४९ हजार ४५५ को वृद्धि भएको छ ।

भारतमा हालसम्म १ करोड १८ लाख ४६ हजार ८२ मानिस कोरोनाद्वारा संक्रमित भइसकेका छन् । यीमध्ये १ करोड १२ लाख ६२ हजार ५०३ जना निको पनि भइसकेका छन् जबकी १ लाख ६० हजार ९८३ बिरामीले ज्यान गुमाएका छन् । यस्तै ४ लाख १७ हजार ४६ हजार ८२ बिरामीको उपचार चलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)