सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्वेज नहरमा फसेको जहाज निकाल्ने कोसिस जारी


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १३, २०७७
  • 446
    SHARES

१३ चैत्र, काठमाडौं। इजिप्टको स्वेज नहरमा बालुवामा फसेको मालवाहक जहाजका कारण जहाजको आवागमन ठप्प भएको छ ।

यो जामका कारण कच्चा तेलको आपूर्तिमा बाधा उत्पन्न हुने आशंका पैदा भएको छ । यसैकारण बुधबार बच्चा तेल करिब पाँच प्रतिशत महँगो भएको छ ।

यसैबीच इजिप्टले स्वेज नहरको पुरानो च्यानललाई पुनः खोलेको छ । बालुवामा फसेका जहाजलाई निकाल्नु अघि केही अन्य जहाजलाई निकाल्नका लागि बाटो बनाउनका लागि यस्तो गरिएको हो ।

स्वेज नहर अथोरिटीका एक अधिकारीलाई उद्धृत गर्दै कायरो २४ न्यूजले एवर गिवेनलाई निकाल्न थुप्रै दिन लाग्न सक्ने जानकारी दिएको छ । ४०० मिटर लामो र ५९ मिटर चौडा अर्थात् फुटबलका चार मैदान जति ठूलो यो जहाजलाई तान्नका लागि आठ नाउबाहेक बालुवा निकाल्ने मेसिन पनि काममा जुटेको छ ।

अधिकारीले जहाजलाई सुरक्षित निकालेर स्वेज नहरमा यातायात पुनः सुचारु गर्ने आफ्नो प्राथमिकता रहेको बताएका छन् ।

यस्तै, जहाजका मालिक कम्पनी बीएमएसले उनको जहाज बालुवाबाट बाहिर निकालिएको भन्ने कुरालाई अस्विकार गरेका छन् । कम्पनीका अनुसार चालक दलका सबै सदस्य सुरक्षित छन् र कसैलाई कुनै शारीरिक हानी भएको छैन ।

यो घटना स्थानीय समयानुसार मंगलबार बिहान ७ः४० मा स्वेज बन्दरगाहको उत्तरमा भएको हो । फसेको जहान चीनबाट नेदरल्याण्डको बन्दरगाह शहर रोटेरडम जाँदै थियो । पनामामा रजिस्टर्ड यो जहाज उत्तरमा भूमध्यसागरतर्फ जाँदै गर्दा स्वेज नहर हुँदै यात्रा गरिरहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)