सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमारमा प्रदर्शनकारीमाथि बर्बर दमन: अमेरिकाद्वारा निन्दा


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १५, २०७७
  • 417
    SHARES

१५ चैत्र, काठमाडौं । म्यानमारमा शनिबार प्रदर्शनकारीमाथि सैनिकले गरेको बल प्रयोगको अमेरिकाले निन्दा गरेको छ।

शनिबार म्यानमारमा प्रदर्शनकारीमाथि भएको सुरक्षाकर्मीको ज्यादतीका कारण कम्तीमा ११४ जनाको ज्यान गएको छ। त्यसबाट अमेरिका ‘त्रसित’ भएको अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले बताएका हुन्।

म्यानमारका सैनिक शासकले सीमितलाई सेवा गर्न नागरिकको ज्यान लिएको विदेश मन्त्री ब्लिङ्कनले बताए। बर्माका नागरिकको साहसले सैनिक शासनको आतंकलाई खारेज गर्ने उनको भनाइ छ। यसअघि अमेरिकी दूतावासले म्यानमारमा सैनिक शासकले निहत्था नागरिकको हत्या गरिरहेको बताएको थियो।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटरेसले शनिबार भएको घटनाबाट गम्भीर आहात भएको बताएका छन्। यस्तै बेलायती विदेश मन्त्री डोमिनिक राबले म्यानमारको अवस्था अति नाजुक बनेको बताए। गएको फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएसँगै हुँदै आएको प्रदर्शनको क्रममा शनिबार सबैभन्दा घातक बन्यो।

निरानी समूह एसिस्टेन्स एसोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) का अनुसार शनिबार सेनाको बल प्रयोगका कारण अहिलेसम्मकै ठूलो संख्यामा मानिस मारिएका हुन्।

म्यानमारको मध्य क्षेत्रको शहर मिइङ्गयानका बासिन्दा थु या जावले समाचार संस्था रोयटर्सलाई भनेका छन्, ‘उनीहरुले हामीलाई चरा वा कुखुरा जसरी मारिरहेका छन्। हामी घरमै हुँदा पनि मारिरहेका छन् । तर हामीले प्रदर्शन जारी राख्ने छौँ।’

म्यानमारका सैनिक प्रमुख जनरल मिन आङ लाइङले सैनिक दिवसको अवसरमा गरेको सम्बोधनको क्रममा शनिबार प्रजातन्त्र पुनर्स्थापित गर्ने वाचा गरेका थिए। तर उनले चेतावनी दिँदै प्रदर्शनकारीलाई अस्वीकार गर्ने बताएका थिए। सोही दिन ठूलो संख्यामा प्रदर्शनकारीको हत्या भएको हो।

अमेरिका, बेलायत तथा युरोपेली युनियनका अधिकारीहरुले हिंसाको निन्दा गरेका छन्। एएपिपीका अनुसार ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दो क्रममा छ। म्यानमारमा फेब्रुअरी १ यता ज्यान गुमाउनेको संख्या ४०० नाखेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)