सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अपडेट : स्वेज नहरमा फसेको मालवाहक जहाज निकालियो


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १६, २०७७
  • 538
    SHARES

१६ चैत्र, काठमाडौं । स्वेज नहरमा फसेको मालवाहक जहाज निकालिएको खबर छ ।

सोमबार सोसल मिडियामा पोस्ट गरिएको भिडियोमा एवर गिवेज जहाजको पछाडिको हिस्सा घुमेका कारण नहरको बाटो खुल्ला भएको देख्न सकिन्छ ।

यस्तै समाचार एजेन्सी रोयटर्सले इन्चकेप शिपिङ सर्भिसेजलाई उद्धृत गर्दै करिब एक हप्तादेखि स्वेज नहरमा फसेको यो विशाल जहाज पुनः तैरन थालेको र यसलाई चल्न लायक स्थितिमा ल्याउने काम जारी भएको जानकारी दिएको छ ।

विश्वव्यापी समुद्री सेवा दिने इन्चकेपले ट्वीटरमा भनेको छ, ‘स्थानीय समयानुसार ४.३० मा जहाज पुनः तैरन थालेको छ र अब यसलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने काम जारी छ । ’ स्वेज नहरमा फसेका मालवाहक जहाजलाई निकालिएको खबर छ ।

जहाजलाई ट्र्याक गर्ने सर्भिस वेसलफाइन्डरले आफ्नो वेबसाइटमा जहाजको स्टेटस परिवर्तन गरिदिएको छ र जहाज बाटोमा भएको जानकारी दिएको छ ।

४०० मिटर लामो एवर गिवेन जहाज मंगलबार तीब्र हावाका बीच स्वेज नहरमा फसेको थियो । यसका कारण युरोप र एशियाबीच यो सबैभन्दा छोटो जहाज मार्गमा जहाजको ट्राफिक जामको स्थिति बनेको थियो ।

कम्तिमा ३६९ जहाज नहरको बाटो कहिले खोलिएला भनेर प्रतीक्षा गरिरहेका थिए । स्वेज नहर प्राधिकरण (एससीए) का अध्यक्ष ओसामा रबीले इजिप्टको एक्स्ट्रा न्यूजलाई आइतबार दिएको जानकारीमा यसमा थुप्रै मालवाहक जहाज, तेलका ट्याङ्कर र एएनजी वा एलपीजी ग्यास लैजादैं गरेको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)