सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सैन्य कूविरुद्ध म्यानमारमा सडकमा फोहोर फालेर विरोध जनाउँदै नागरिक


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०७७
  • 408
    SHARES

१७ चैत्र, काठमाडौं । सैन्य कूविरुद्ध आन्दोलनरत म्यानमारका नागरिकहरुले सडकमा फोहोर फालेर विरोध जनाएका छन् ।

अवज्ञा आन्दोलनअन्तर्गत म्यानमारवासीले मंगलबारबाट सडकमा फोहोर फालेर विरोध जनाउन सुरु गरेका बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीले फोहोर फालेर जुन्ता सरकारको विरोध जनाउन सामाजिक सन्जालमार्फत् आह्वान गरेका छन् ।

गत फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता हातमा लिएको थियो । सेनाको सो कदमविरुद्ध आन्दोलन जारी छ ।

आन्दोलनकारीमाथि सेनाले निर्मम दमन गरेको छ । समाचार एजेन्सीमा अनुसार विरोध प्रदर्शनमा हालसम्म ५०० जनाको मृत्यु भइसकेको छ ।

सोमबारमात्रै १४ जनाको मृत्यु भएको छ । म्यानमारको सेनाले हवाई हमलासमेत गरेको छ । सेनाको दमनका कारण म्यानमारवासी नागरिक भागेर थाइल्याण्डतर्फ गएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

आन्दोलनकारीहरुले सडकमा राखेका बालुवा भरिएका बोराहरु सेनाले विशेष प्रकारको हतियार प्रयोग गरी हटाउने गरेको छ ।

सरकारी टेलिभिजनले ‘रोयट विपन’को प्रयोग गरिएको उल्लेख गरे पनि बीबीसीले भने ती हतियार कस्ता प्रकारका हुन् भन्ने स्पष्ट नभएको जनाएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले म्यानमारका सैन्य प्रमुखलाई प्रदर्शनमा दमन नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)