बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौं जिल्ला प्रवेश गर्ने नाकाहरुमा कडाई गरिने


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २३, २०७७
  • 531
    SHARES

२३ चैत्र, काठमाडौं । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं जिल्ला प्रवेश गर्ने नाकामा कडाइ गरिने भएको छ ।

काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) को सोमबार बसेको बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

यस्तै एन्टिजेन टेस्टबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्ट का स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै कोभिड संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै धेरै भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न र पूर्वनिर्धारित भए नेपाल सरकारले तोकेको आवस्यक स्वास्थ्य मापदण्ड अपनाएर गर्न बैठकले सुझाव दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)