मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

क्यान र चौधरी ग्रुपविच क्रिकेट टोलीलाई प्रयोजन गर्ने सम्झौता


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ३०, २०७७
  • 709
    SHARES

३० चैत्र, काठमाडौं । चौधरी ग्रुपले १९ वर्षमुनिको क्रिकेट टोलीलाई प्रयोजन गर्ने भएको छ । पाँच वर्षको प्रायोजन सम्झौतामा सोमबार नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार चौधरी ग्रुपले आउँदो पाँच वर्षसम्म वार्षिक रुपमा १९ वर्षमुनिको घरेलु क्रिकेट तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको व्यवस्थाका लागि ७० लाख रुपैयाँ प्रदान गर्ने छ । यो रकम हरेक दोस्रो वर्षमा १० प्रतिशत बढ्ने सम्झौतामा उल्लेख छ ।

चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउ विगतमा १० वर्ष भन्दा लामो समय प्रयोजकका रुपमा जोडिएको थियो । पछिल्ला चार वर्ष बाहिर रहेको वाइवाइ पुनः प्रायोजनसहित १९ वर्षमुनिको क्रिकेटमा जोडिन आएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)