मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाबरको शतकमा पाकिस्तानको शानदार जीत


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २, २०७८
  • 365
    SHARES

२ बैशाख, काठमाडौं । बाबर आजमले पहिलो टी–२० शतक बनाएपछि पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध ९ विकेटको शानदार जीत हासिल गरेको छ । कप्तान ५० बलमा शतक बनाएका बाबरले ११ चौका र ४ छक्का हिर्काएका थिए । अन्ततः उनी १२२ रनमा आउट भए । विकेटकिपर मोहमद रिजवानले ७३ रन बनाएपछि पाहुना टोलीले २ सय ४ रनको विशाल लक्ष्य १२ बल बाँकी छँदै पछ्यायो । जीतसँगै पाकिस्तानले चार खेलको शृङ्खलामा २–१ को अग्रता बनाएको छ ।

बुधबार मात्र एकदिवसीय क्रिकेटमा ब्याट्सम्यानहरूको वरीयताको शीर्ष स्थानमा विराट कोहलीको १ हजार २५८ दिनको अधिपत्य अन्त्य गरेका बाबरको ४८ औँ इनिङमा यो पहिलो टी–२० शतक हो । पाकिस्तानका लागि यो सर्वाधिक छिटो शतक पनि हो । यसअघि अहमद शेहजादले सन् २०१४ मा बंगलादेशविरुद्ध ५८ बलमा शतक बनाएका थिए ।

यसअघि, एडियन मार्क्राम र जानेमन मालानले क्रमशः ६२ र ५५ रन बनाएपछि दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा २ सय ३ रन बनाएको थियो । अन्तिम खेल शुक्रबार आयोजना हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)