बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाँकेमा तीन संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १४, २०७८
  • 570
    SHARES

१४ बैशाख, बाँके । बाँकेको नेपालगन्जमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा बाँकेका दुईजना र दाङका एकजनाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा सोमबार राति ८ः३० बजे मृत्यु भएको हो।

यस्तै कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा मंगलबार बिहान २ः४० बजे मृत्यु भएको छ ।

यस्तै दाङको तुल्सीपुरबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भर्ना भएकी ७४ वर्षीया महिलाको मंगलबार बिहान ६ः२० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)