बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मकवानपुरमा ६० जनामा कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १५, २०७८
  • 300
    SHARES

१५ बैशाख, मकवानपुर । मकवानपुरमा २१ जना महिला र ३९ जना पुरुष गरी कूल ६० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५६ जना रहेका छन् ।

१ सय ३९ जनाको स्वाबको नमुना परीक्षण गर्दा हेटौँडा उपमहानगरपालिकाका ५६ जनासहित मकवानपुरगढी गाउँपालिकाका एक जना, भीमफेदी गाउँपालिकाका २ जना र बारा जिल्लाका १ जनामा संक्रमण पुष्टि छ ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ का रहेका छन् ।

वडा नम्बर–९ का ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हेटौंडा–१ को ८ जना, हेटौंडा–२ का ४ जना, हेटौंडा–३ का २ जना, हेटौंडा–४ का ६, हेटौंडा–५ र ११ का ७÷७ जना, हेटौंडा–७ र ८ का ३÷३ जना, हेटौंडा–१० को १, हेटौंडा–१५ का २, हेटौंडा–१६, १८ र १९ का १÷१ जना मा संक्रमण पुष्टि भएको छ भने एक जना संक्रमितको ठेगाना एकिन गर्न नसकिएको जनाइएको छ ।

२ सिफ्टमा २४ सै घण्टा परीक्षण
मकवानपुरमा कोरोना संक्रमणको दर उच्च हुँदै गएको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि हेटौंडा अस्पतालमा रहेको ल्याबलाई २४ घण्टा नै संचालनमा ल्याइएको छ ।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि उक्त ल्याबलाई दुई सिफ्टमा गरी कोरोना परिक्षण भइरहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले बताउनुभयो ।

उक्त प्रयोगशालामा परिक्षण गरीएका संक्रमितको रिपोर्ट दिनको २ पटक गरी सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)