बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालगञ्जमा मंगलबार दुई जना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १५, २०७८
  • 604
    SHARES

१५ बैशाख, काठमाडौं । भेरी अस्पताल, नेपालगञ्जमा मंगलबार दुई जना संक्रमितको मृत्यु भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले नेपालगञ्जका दुई जनाको भेरीमा मृत्यु भएको बताए।

वैशाख ८ गते पीसीआर गरेपछि ९ गते भेरीमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ का ३९ वर्षीया महिलाको राति १०:३० बजे मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का ६५ वर्षीय पुरुषको राती २३० बजे मृत्यु भएको छ। चैत्र ३२ गते पीसीआर जाँच गरेका पुरुषलाई वैशाख ६ गते भेरीमा भर्ना गरिएको थियो।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ जना पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)