१५ बैशाख, दाङ । दाङमा थप एक सयभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण गर्दा बुधबार पनि एक सय बढी व्यक्तिहरुमा संक्रमण देखिएको हो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार १ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा १२९ जनामा कोरोना संक्रमण देखिएको हो। उनीहरुमध्ये घोराही उपमहानगरपालिकाका ६१ जनामा कोरोना संक्रमण छन्।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाका ४४ जना, लमही नगरपालिकाका ७ जना रहेका छन्।
त्यस्तै बबई गाउँपालिका १ जना, गढवा गाउँपालिका ४ जना, राप्ती गाउँपालिकामा ३ जना र दंगीशरण गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। १२९ जना संक्रमितहरुमध्ये ७ जना संक्रमितहरु जिल्ला बाहिरका रहेका छन्। जसमा सल्यानका दुई जना रहेका छन् भने रोल्पा, जुम्ला, बाँके, पश्चिम रुकुम र लमजुङका एकएक जना संक्रमित रहेका छन्।
संक्रमितमध्ये ८७ जना पुरुष र ४२ जना महिलाहरु रहेका छन्। संक्रमितमा दुई वर्षीय बालकदेखि ७० वर्षीय ज्येष्ठ नागरिकहरु रहेका छन्।
योसँगै दाङमा कोरोना संक्रमितको संख्या करिब ९ सय ७१ पुगेको छ। मंगलबार दाङमा गरिएको कोरोना परिक्षणका क्रममा ११७ जनामा कोरोना सक्रमण देखिएको थियो। दाङमा कोरोना संक्रमणबाट हालसम्म ६५ जनाले ज्यान गुमाएका जिल्ला स्वास्थ्यका कार्यालय दाङले जनाएको छ
