बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निषेधाज्ञासँगै भेरोसेल खोप लगाउने काम पनि स्थगित


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १६, २०७८
  • 758
    SHARES

१६ बैशाख, काठमाडौं । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गते (बिहीबार)देखि स्थगित गर्ने निर्णय गरेको हो ।

वैशाख १६ गते पनि सो खोप काठमाडौंमा निरन्तर संचालन गर्ने भनिएकोमा अब सो खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिनुभएको छ ।

खड्काले जारी गरेको सूचनामा भेरोसेल खोप लगाउने कार्य स्थगित गर्नुपर्नाको कारण भने उल्लेख गरिएको छैन । यद्यपि यो खोप लगाउने स्थानमा भएको अव्यवस्थित भीडभाडले संक्रमणको जोखिम बढाएको थियो ।

दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन शुरु गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)