बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णालीमा थप दुई कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १६, २०७८
  • 559
    SHARES

१६ बैशाख, सुर्खेत । पछिल्लो केही दिन यता कर्णालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ ।

आज पनि थप दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना सुर्खेत र एक जना सल्यानका गरी दुई जनाको मृत्यु भएको हो ।

कर्णाली प्रदेश अस्पतालमा उपचाररत कालिकोटको नरहरिनाथ गाउँपालिकाका ७३ वर्षीय पुरूषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर के एन पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार ति पुरुष पुरूषको बैशाख ११ गतेदेखि प्रदेश अस्पतालमा राखेर उपचार भैरहेको थियो ।

यस्तै, सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ निवासी ४२ वर्षीय पुरुषको उपचारका क्रममै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

केही दिनअघि सल्यान अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा बसेका थिए ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार श्वास प्रश्वासमा समस्या भएपछि बुधबार बेलुका सवा ८ बजे अस्पतालमा ल्याइएको र अक्सिजन दिँदादिँदै उनको मृत्यु भएको हो । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)