बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना हटस्पट बन्दै बाँके : २४ घण्टामै १० जनाको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १६, २०७८
  • 751
    SHARES

१६ बैशाख, बाँके । पछिल्लो १४ घण्टामा बाँकेमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । बुधबार राति ८ः५५ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म ८ जनाको मृत्यु भएको थियो ।

बिहीबार बिहान पुनः आधा घण्टाको फरकमा थप दुई जनाको मृत्यु भएसँगै पछिल्लो १४ घण्टामा कोरोना संक्रमणबाट बाँकेमा १० जनाको मृत्यु भएको हो।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा कैलालीको टिकापुर नगरपालिका–१ की ५२ वर्षीया महिला र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज–८ का ३३ वर्षीय पुरुषको आधा घण्टाको फरकमा मृत्यु भएको हो ।

कैलालीकी ५१ वर्षीया महिलाको बिहीबार बिहान १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो भने नेपालगञ्ज–८ का ३३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार बिहान १०ः३० बजे मृत्यु भएको ओलीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)