बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रहेनन् चन्द्रमामा पहिलोपटक पुग्ने यात्री माइकल


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १६, २०७८
  • 492
    SHARES

१६ बैशाख, काठमाडौं । चन्द्रमामा पहिलोपटक पुग्ने तीन जना अमेरिकी अन्तरिक्ष यात्री मध्येका एक माइकल कोलिनको ९० वर्षको उमेरमा निधन भएको छ ।

एपोलो-११ नामक अन्तरिक्ष यानबाट सन् १९६९ मा निल आर्मस्ट्रङ, बज एल्ड्रिन र माइकल कोलिनले पहिलोपटक अन्तरिक्षको सफल यात्रा गर्नु भएको थियो ।

‘मार्स मिसन’ अन्तर्गत् चन्द्रमाको यात्रामा जानु भएका तीन जना अन्तरिक्ष यात्री मध्ये निल आर्मस्ट्रङ र बज एल्ड्रिन चन्द्रमामा हिड्नु भएको थियो । तर माइकल कोलिन भने चन्द्रमाको बाहिर कक्षमा नै बस्नु भएको थियो ।

तीन अन्तरिक्ष यात्री मध्ये कोलिन चन्द्रमाको सतहमा पाइला नटेकी फर्कने अन्तरिक्ष यात्री हुनुहुन्छ ।

उहाँको क्यान्सर रोगका कारण निधन भएको हो । तीन अन्तरिक्ष यात्री मध्ये ९१ वर्षीय बज एल्ड्रिन एपोलो-११ का एक मात्र जीवित अन्तरिक्ष यात्री हुनुहुन्छ । यस अघि नै निल आर्मस्ट्रङको निधन भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)