बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्सामा थप तीन जना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १७, २०७८
  • 573
    SHARES

१७ बैशाख, पर्सा । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्जका दुई जना महिला र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका एक जना पुरुषको मृत्यु भएको हो ।

अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासका अनुसार वीरगञ्ज–१६ नगवा निवासी ४८ वर्षीया महिलाको शुक्रबार बिहान पौने २ बजे निधन भएको छ । वैशाख १२ गते उपचारका लागि ल्याइएकोमा उनको सोही दिन पीसीआर पोजेटिभ देखिएको थियो । उनमा कुनैपनि दीर्घ रोग नभएको चिकित्सकहरुले बताएका छन् ।

यसैगरी वैशाख १४ गते भर्ना भएकी वीरगञ्ज– ३ बस्ने ४७ वर्षीया महिलाको गएराति मृत्यु भएको छ । कडा कोभिड निमोनिया देखिएको उनमा स्वासप्रश्वासनको समस्या पनि थियो । उपचारको क्रममा बिहीबार राति ९:३५ मा उनको मृत्यु भएको थियो ।

जीतपुर सिमरा–२४ बस्ने ७७ वर्षीय पुरुषको पनि गएराति ११:२५ मा मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा पहिल्यैदेखि टीबीको समस्या थियो । उनी बैशाख १० गते अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)