बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पूर्वरानी कोमललाई प्लाज्मा थेरापीबाट उपचार थालियो


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १७, २०७८
  • 424
    SHARES

१७ बैशाख, काठमाडौं । कोरोना सङ्क्रमण भई अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई यो विधिबाट बिहीबार साँझदेखि उपचार थालिएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको हो ।

उहाँलाई श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आईसीयूमा सारिएको थियो । आज पनि उहाँलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहाँलाई पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा राखिएको छ ।

पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए । त्यसको केही दिनअघि उहाँहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)