बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

छिट्टै कोरोनाविरुद्धको खोप उपलब्ध गराउन रूसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १७, २०७८
  • 750
    SHARES

१७ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रूसी राजदूत अलेक्सेई नोभिकोभलाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन आग्रह गरेका छन् ।

रूसी राजदूत नोभिकोभसँग बिहीबार भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालले रूसबाट खरिद गर्ने क्रममा रहेको कोभिड विरुद्धको खोप (स्पुतनिक-भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न आग्रह गरेका हुन् ।

जवाफमा राजदुत नेभिकोभसहितका प्रतिनिधिहरुले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका छन् । भेटमा दुईपक्षीय सम्बन्धका अन्य आयाममाथि पनि चर्चा भएको थियो ।

दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासहरुलाई थप गति दिने विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)