बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनासंक्रमणबाट धुलिखेल अस्पतालमा थप एक पुरुषको मृत्यु


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १८, २०७८
  • 578
    SHARES

१८ बैशाख, काभ्रे । कोरोना सङ्क्रमणबाट सिन्धुपाल्चोकको कुबिण्डेका एक पुरुषको आज धुलिखेल अस्पतालमा मृत्यु भएको छ । सैतीस वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मुटुका रोगी उहाँलाई शुक्रबार थप समस्या भएपछि दिउँसो अस्पताल भर्ना गरिएको थियो । शुक्रबार उपचारका लागि गरिएको पीसीआर परीक्षणमा कोराना पुष्टि भएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानु श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार थप स्वास्थ्य परीक्षणमा निमोनियाबाट समेत ग्रस्त भएका उनलाई उपचारका क्रममा पाइपबाट स्वासप्रस्वास गराइएको थियो । आइसीयू श्यया नहुँदा आकस्मिक कक्षमै उपचार गराइएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)