बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा एकैदिन संक्रमणबाट ३६ सय ८९ जनाको मृत्यु


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १९, २०७८
  • 403
    SHARES

१९ बैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका तीन लाख ९२ हजार ४८८ संक्रमित थपिएका छन्। सो अवधिमा कोभिड–१९ बाट ३६ सय ८९ जनाको ज्यान गएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या ३३ लाख ४९ हजार ६४४ रहेको छ।

आइतबार स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो आँकडामा कुल संक्रमितको संख्या एक करोड ९५ लाख ५७ हजार ४५७ तथा ज्यान गुमाउनेको कुल संख्या दुई लाख १५ हजार ५४२ पुगेको छ।

अहिलेसम्म भारतमा कुल १५ करोड ६८ लाख १६ हजार भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन्।

भारतले शनिबारदेखि १८ वर्षमाथिका सबैलाई खोप लगाउन थाले पनि खोपको अभाव हुँदा प्रभावकारी रुपमा अभियान सञ्चालन हुन सकेको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)