बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाँकेमा थप एक साता बढाइयो निषेधाज्ञा


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २०, २०७८
  • 350
    SHARES

२० बैशाख, बाँके । बाँकेमा निषेधाज्ञा बढाइएको छ । वैशाख १३ गते रातिदेखि २० गते राति १२ बजेसम्मलाई जारी गरिएको निषेधाज्ञालाई बढाएर २७ गते राति १२ बजेसम्म पु¥याइएको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गरेर सोबारेमा जानकारी दिएको छ। संक्रमण फैलावटको साङ्लो तोड्न (चेन ब्रेक) गर्न १३ गते रातिदेखि निषेधाज्ञा गरिएकोमा संक्रमण दरमा अझै कमी नआएकाले निषेधाज्ञा बढाइएको जनाइएको छ ।

स्थानीय प्रशासनले सुरुमा नेपालगञ्ज उपमहानगरपालिकाभित्रमात्रै वैशाख ९ गतेदेखि १५ गते रातिसम्मका लागि निषेधाज्ञा लगाएको थियो । संक्रमण बढेपछि १३ गते रातिदेखि जिल्लाभरि बनाइएको थियो ।

वैशाखको सुरुवातदेखि नै बाँकेमा संक्रमण धेरै बढेको छ । अहिलेसम्म बाँकेमा मात्रै १ सय ३७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)