२० बैशाख, काठमाडौं । सरकारले उद्योगजन्य क्षेत्रमा हुने अक्सिजनको आपूर्तिमा रोक लगाएको छ ।
सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गरिने समेत बताउनुभएको छ ।
उहाँले बिरामीको उपचारबाहेकका अन्य क्षेत्रमा हुने अक्सिजनको प्रयोगमा आपूर्ति बन्द गरिएको पनि जानकारी दिनुभयो ।
