बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाँकेमा थप ४ जना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २१, २०७८
  • 639
    SHARES

२१ बैशाख, बाँके । कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा सोमबार राति र मंगलबार बिहान गरी थप ४ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना सम्पर्क व्यक्ति तेज वलीका अनुसार एक महिलासहित ४ जना कोरोना सं‌क्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दगोरिया ६ कैलालीका ८० वर्षीय पुरुष छन् । उनलाई वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएपछि १५ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोमबार राति ११:५० मा निधन भएको हो ।

त्यस्तै, नेपालगन्ज उमनपा १० स्थायी वासिन्दा ७० वर्षीया वृद्धको सोमबार राति ११: ४० मा मृत्यु भएको छ । वैशाख १८ गते अस्पताल भर्ना भएका उनको १७ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

धनगढी १८ कैलालीका ५५ वर्षीय पुरुषको पनि मंगलबार मृत्यु भएको छ । उनी वैशाख १९ गते कोरोना पुष्टि भएपछि २० गते अस्पताल भर्ना भएका थिए ।

मंगलबार बिहान बैजनाथ गाउँपालिका ५ की ६२ वर्षीया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनी पनि १९ गते कोरोना स‌ंक्रमण पुष्टि भएपछि वैशाख २० गते अस्पताल भर्ना भएकी थिइन् ।

योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा बाँके जिल्लाका १४१ जना रहेका छन् भने बाहिरी जिल्लाबाट बाँकेमा आएर मृत्यु हुनेको संख्या १२५ जना रहेको ओलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)