बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रुपन्देहीमा थप तीन संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २४, २०७८
  • 346
    SHARES

२४ बैशाख, रुपन्देही । रुपन्देहीका थप तीनजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा दुईजना र कोरोना विशेष अस्पतालको आईसीयूमा एकजनाको मृत्यु भएको हो ।

बैशाख २० गतेदेखि कोरोना बिशेष अस्पतालको आईसीयूमा उपचाररत बुटवल तामनगरका ६५ वर्षीय पुरुषको बिहीबार राती १ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिनुभयो ।

यस्तै वैशाख २२ गते अस्पतालको इमर्जेन्सीमा भर्ना भएका तिलोत्तमा-१ का ४३ वर्षीय पुरुषको शुक्रबार बिहान २:२१ मा र बैशाख १९ गते देखि अस्पतालको इमर्जेन्सीमै उपचाररत तिलोत्तमा-१ की महिलाको बिहान ५ बजे मृत्यु भएको प्रवक्ता डा.गौतमले बताउनुभयो ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)