२४ बैशाख, कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि पोखरास्थित अस्पतालमा उपचार गराइरहेका तीन जना र होम आइसोलेसनमा बसेका १ सहित ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा –२५ का ६५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी तनहुँ जिल्लाको व्यास नगरपालिका–१ की ६० वर्षीय संक्रमित महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
