काठमाडौं, २५ बैशाख
नेपाल उद्योग बाणिज्य महासंघले घरबाटै डाक्टरलाई फोन गरेर कोभिड-१९ रोगबाट सुरक्षित हुने बारे जानकारी दिने सेवा शुरु गरेको छ ।
निजी क्षेत्रको छाता संगठन एफएनसीसीआईले सामाजिक अभियानअन्तरगत आजदेखि हेल्लोडाक्टरएफएनसीसीआई सेवा शुरु गरेको हो ।
सो सेवा लिनका लागि कोभिड संक्रमितहरु जो घरमै आइसोलेसनमा बसेका छन उनीहरुले सिधै चिकित्सकको सल्लाह लिन पाउनेछन् । कोभिड संक्रमण भएका व्यक्तिहरुले भाईबरमार्फत डाक्टर अन कल सेवा लिन सक्नेछन् ।
यसको लागि भाईबरमा २११११२११११ मा म्यासेज पठाइर भाईबरमार्फत भिडियो कल गरि स्वास्थ्य परामर्श लिनसक्नेछन् ।
यो सेवा देशभर निशुल्क उपलब्ध गराईएको एफएनसीसीआईले जनाएको छ ।
