बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाँकेमा थप ५ संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २६, २०७८
  • 451
    SHARES

२६ बैशाख, बाँके । बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार राति र आइतबार बिहान गरी ४ जना पुरुष र एक जना महिलाको ज्यान गएको बाँकेका कोभिड सम्पर्क व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरूमध्ये बाँकेका ३ जना, कैलालीका एक जना र दाङका एक जना छन् । मृतकहरू मध्ये नेपालगन्ज उमनपा १५ का ७३ पुरुष वैशाख २१ गते कोरोना सं‌क्रमण देखिएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिबार राति ८ बजे ज्यान गएको हो ।

त्यस्तै, भेरी अस्पतालमा नै उपचाररत ५३ वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई १६ गते नै भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार बिहान साढे २ बजे निधन भएको अस्पतालले जनाएको छ ।

लम्की चुहा १ का ४३ वर्षीय पुरुषको पनि आइतबार बिहान नै नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको छ । उनको वैशाख २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो भने स्वास्थ्यमा समस्या आएपछि २० गते नै अस्पताल भर्ना गरिएको थियो ।

उता, तुलसीपुर ६ दाङ्गमा ४१ वर्षीय पुरुषको पनि आइतबार निधन भएको छ । वैशाख १२ गते कोरोना संक्रमण भएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि २२ वैशाखमा अस्पताल भर्ना गरिएको थियो । उनको आइतबार बिहान २ बजे निधन भएको हो ।

नेपालगञ्ज उमनपा ११ का ४३ वर्षीय पुरुषको आइतबार बिहान ६ बजेतिर निधन भएको छ । वैशाख १८ मा कोरोना संक्रमण पुष्टि भएका उनलाई २१ वैशाखमा अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)