बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाल्टिमोरको गोलीकाण्डमा एक नेपाली बिद्यार्थीको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २७, २०७८
  • 794
    SHARES

२७ बैशाख, काठमाडौं । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा शनिबार बिहान भएको गोली काण्डमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुने संखुवासभा घर भएका नेपाली विद्यार्थी सागर घिमिरे छन् । उनी छात्रवृत्तिमा अध्ययन गर्न अमेरिका आएका थिए ।

अर्का नेपाली सर्लाहीका श्याम अधिकारीलाई पनि गोली लागेको छ । उनको अस्पतालमा उपचार भइरहेको छ । उद्दण्ड व्यक्तिले चलाएको गोली लागेर चारजनाको मृत्यु भएको छ ।

बाल्टिमोरको उपनगर क्षेत्र वुडलनमा बिहानै करिव ६ः३० मा गोलीकाण्ड भएको हो । बन्दुकधारी ५६ बर्षीय एभर्टनको पनि प्रहरीको गोली लागी मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)