बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा एकैदिन ३ लाख ४८ हजार ३८९ जना कोरोना संक्रमित भेटीए


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २९, २०७८
  • 802
    SHARES

२९ बैशाख, काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरका बीच भारतमा लगातार दोस्रो दिन नयाँ संक्रमितभन्दा निको हुने बिरामीको संख्या धेरै छ । । मंगलबार ३ लाख ४८ हजार ३८९ संक्रमितको पहिचान भएको छ र ३ लाख ५५ हजार २५६ संक्रमित निको भएका छन् । यसअघि सोमबार ३ लाख २९ हजार ४९१ संक्रमित भेटिएका थिए र ३ लाख ५५ हजार ९३० बिरामी निको भएका थिए ।

मृत्युको आँकडा पनि चिन्ता बढाउने किसिमको छ । पछिल्लो २४ घण्टामा ४,२०५ संक्रमितको ज्यान गएको बीबीसी हिन्दीले जानकारी दिएको छ । लगतार तेस्रो पटक मृतकको संख्या ४ हजार पार भएको छ । यसअघि ७ मे मा ४,२३३ र ८ मेमा ४,०९२ मानिसहरुले यो महामारीमा ज्यान गुमाएका थिए । पछिल्लो दुई दिनमा पनि सक्रिय संक्रमित पनि करिब ४२ हजार घटेको छ । ९ मे मा सबैभन्दा धेरै ३७.४१ लाख बिरामीको उपचार चलिरहेको थियो । अब यो आँकडा घटेर ३६.९९ लाख भएको छ ।

भारतमा कोरोना महामारी आँकडामाः

पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः ३.४८ लाख

पछिल्लो २४ घण्टामा कूल मृत्युः ४,१९८

पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३.५५ लाख

हालसम्म कूल संक्रमित भइसकेकाः २.३३ करोड

हालसम्म निको भएकाः १.९३ करोड

हालसम्म कूल मृत्युः २.५४ लाख

हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३६.९९ लाख

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)