शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारले देशको अखण्डताको सुरक्षा गर्न नसकेको काँग्रेसका सहमहामन्त्री डा महतको आरोप


  • माउन्टेन खबर
  • शनिबार, बैशाख २७, २०७७
  • 869
    SHARES

काठमाडौँ ।

नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले यो सरकारले देशको अखण्डताको सुरक्षा गर्न नसकेको भन्दै बर्तमान सरकारलाई निकम्मा सरकार भनेका छन् । पूर्वपरराष्टमन्त्री समेत रहेका डा.महतले भने- देशको अखण्डताको सुरक्षा गर्न नसक्ने यो सरकारको अकर्मण्यता निन्दनीय छ, देशको सीमाको पनि रक्षा गर्न नसक्ने यो निकम्मा सरकार हो।

उनले आज आफ्नो फेसबुक स्टाटसमा राष्ट्रियताको नारा लिएर सत्तामा पुगेको यो सरकारले जनतालाई ढाँटेको आरोप लगाएका छन् । उनले भनेका छन्- यो सरकारमा बस्नेहरु जे भन्छन् त्यो गर्दैनन्, उनीहरु जनतालाइ नारामा छल्न सकिन्छ काम गर्नुपर्दैन भन्नेमा विश्वास गर्छन ।

पूर्वमन्त्री डा.महतले भनेका छन्- अब यो सरकारमा बस्नेहरुले लिपुलेकमा जे भयो त्यसबारे थाहा नभएको बहाना गर्नेछन र अब समाधानका लागि पहल गर्ने भन्ने छन् नक्सा प्रकरणमा जस्तै, तर केही गर्ने छैनन् । सहमहामन्त्री डा.महतले देशको अखण्डताको सुरक्षा गर्न नसक्ने यो सरकारको अक्रमन्यता निन्दनीय रहेको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)