बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सामाजिक दुरी कायम गर्न विमानस्थलमा धमधाम मार्किङ


  • माउन्टेन खबर
  • शनिबार, बैशाख २७, २०७७
  • 1.0K
    SHARES

काठमाडौं ।

कोरोना भाइरसको कारण सबै उडानहरु बन्द भइरहेको बेला नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई सामाजिक दूरी कायम गराउन भन्दै मार्किङ गरिरहेको छ ।

कोरोना भाइरसको प्रभाव कम भएसँगै हवाई उडानहरु सुचारु गराउनका लागि आवश्यक तयारी अनुरुप विमानस्थलमा रहेका विभिन्न एयरलाइन्सहरुको टिकट काउण्टर अगाडी मार्किङ गरिरहेको हो ।

क्यानमा महानिर्देशक राजन पोखरेलले देशका सबै विमानस्थलहरुमा मार्किङ गर्न थालिएको जानकारी दिए । कोरोना भाइरसको प्रभाव कम भएपछि सरकारले यदि उडान सुचारु गर्न निर्देशन दिइहालेमा तयारी अवस्थामा राख्नका लागि टिकट काउण्टर ,बोर्डिङ पासदेखि भन्सार समेतमा मार्किङ गरिरहेको उनले बताए ।

विमानस्थलमा आउने यात्रुहरुलाई कुनै पनि जोखिम नहोस भन्ने उद्धेश्यले क्यानले अहिले सर्तकता अपनाउदै सामाजिक दूरी कामय गर्न विभिन्न नियमहरु बनाइरहेको उनले जानकारी दिए । सामाजिक दूरीसँगै यात्रुहरुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराउनेदेखि स्यानीटाइजर गराउने समेतको प्रवन्ध मिलाइरहेको छ ।

अन्तर्राष्ट्रिय  विमानस्थलमा महाप्रवन्धक देवेन्द्र केसीले पहिलो चरणमा आन्तरिक उडान तर्फ मार्किङ गरिरहेको र पछि अन्तर्राष्ट्रिय उडान तर्फ पनि मार्किङ गर्ने जानकारी दिए । सरकारले हवाई उडान सुचारु गराउदा पहिलो चरणमा आन्तरिक नै गराउने भएकोे छ । अहिले आन्तरिकतर्फ काम भइरहेको उनको भनाई छ ।

संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भाइरसको संक्रमण नदेखिएको क्षेत्रमा हवाई उडान गर्नसक्ने बताउदै आएका छन् । तर, उडान सम्बन्धी उच्चस्तरीय समितिले निर्णय भने गरेको छैन । पर्यटन मन्त्रीले केही समय भित्रै आन्तरिक उडान गर्न सक्ने भनेसँगै क्यानले सबै विमानस्थलहरुमा आवश्यक तयारी गरिरहेको हो ।

अहिले आन्तरिक उडानमा रहेका एयरलाइन्सहरुले पनि आ आफ्नो गाइडलाइनहरु बनाइरहेका छन् । आफ्नो विमानमा आउने यात्रुलाई कसरी सुरक्षित बनाउने भन्दै विभिन्न एयरलाइन्सहरुले स्वास्थ्य निर्देशीकाहरु बनाइरहेको जानकारी दिएका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)