मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फ्रेन्च ओपन टेनिस प्रतियोगिता बन्द कोर्टमा खेलाउन सकिने सुझाव


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २९, २०७७
  • 604
    SHARES

फ्रान्सेली टेनिस महासंघले कोभिड-१९का कारण स्थगित भएको फ्रेन्च ओपन टेनिस प्रतियोगिता बन्द कोर्टमा खेलाउन सकिने संभावनाबारे सुझाव दिएको छ ।

महासंघका अध्यक्ष बर्नार्ड गुइडिसीले व्यवसायिक मोडल अनुसरण गरेर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने गरी प्रतियोगिताको आयोजना गर्न सकिने विकल्प सुझाउनु भएको हो । विश्वकै प्रतिष्ठित र व्यवसायिक टेनिस प्रतियोगिता मध्येको एक फ्रेन्च ओपन जतिसक्दो छिटो खेलाउन सबै संभावनाहरुका बारेमा गृहकार्य गर्नुपर्ने अध्यक्षगुइडिसीले बताउनुभएको छ ।

स्वास्थ्य महामारिका कारण स्थगित भएको विश्व टेनिस ग्राण्डस्लामको दोस्रो स्थानमा रहेको फ्रेन्च ओपन यसै महिनाको अन्तिम देखि सेप्टेम्बर महिनासम्ममा गर्ने गरी पुनर्तालिका बनाइसकिएको छ । तर प्रतियोगिता कसरी गर्ने भन्ने बारेमा भने योजना बन्न बाँकी छ । कोरोना संक्रमणका कारण यसबर्षको विम्वल्डन प्रतियोगिता रद्ध गरिएको छ भने यूएस ओपन टेनिस जुन महिनामा गर्ने संभावनाबारेमा कुराकानी भइरहेको छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)