शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कारवाही फिर्ताको माग गर्दै सांसद थापा सर्वोच्चमा


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २१, २०७८
  • 935
    SHARES

२१ जेठ, कास्की । गण्डकी प्रदेशको सांसदबाट पार्टीले हटाएपछि जनमोर्चाका कृष्ण थापा सर्वोच्च अदालतमा पुग्नुभएको छ । आफूलाई सांसदबाट हटाइएको भन्दै सांसद थापाले पार्टी कारबाही फिर्ताका लागि सर्वाेच्च अदालतमा रिट दायर गर्नुभएको हो।

पार्टी निर्देशन विरुद्ध लागेको भन्दै जनमोर्चाले उनलाई बिहीबार गण्डकी प्रदेशसभा सदस्यबाट हटाएको थियो । जनमोर्चाले बिहीबार उनलाई सांसदबाट हटाउन प्रदेशसभा सचिवालय र सभामुख नेत्रनाथ अधिकारीलाई पत्र पठाएको थियो। पार्टीको सोही निर्णयविरुद्ध थापा सर्वोच्च पुग्नुभएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)