शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिभुवन विमानस्थलमा भएका कमी कमजोरीलाई सुधार्दै लगिन्छ :पर्यटन मन्त्री


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २६, २०७८
  • 891
    SHARES

काठमाडौं ,२६ जेठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले त्रिभुवन विमानस्थलमा भएका कमी कमजोरीहरुलाई सुधार्दै जाने बताउनुभएको छ ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री अरगरियाले त्रिभुवन विमानस्थलको अवस्था पहिलेको भन्दा सुधार भएको उल्लेख गर्दै केही कमि कमजोरीहरुलाई सुधार्दै अगाडी बढ्ने बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘पहिले त जताततै फोहोर यताउता थियो । डेकोरेशनको कुरा त बेग्लै हो । तर पहिलेको अपेक्षामा धेरै सुधार छ । केही कमजोरी हामी सल्ट्याएर अघि बढ्छौँ ।’

उहाँले विश्व स्वास्थ्य संगठनको नियमभित्र रहेर बिस्तारै आन्तरिक उडान खोल्ने निर्णय गर्ने बताउनुभयो । विमानस्थलको सरफाइका लागि गाइडलाइन बनाएको भन्दै उहाँले कर्मचारीको उपस्थिति र कामको निगरानी गर्ने पनि बताउनुभयो । लगेजको सुरक्षालाई पनि कडाइका साथ हेरिने मन्त्री अरगरियाले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)