आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वागमती प्रदेशद्वारा ५७ अर्ब ७२ करोड ९ लाखको बजेट सार्वजनिक


  • माउन्टेन खबर
  • मङ्लबार, असार १, २०७८
  • 772
    SHARES

काठमाडौं ,१ असार

वागमती प्रदेशबाट आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख रूपैयाँको बजेट सार्वजनिक गरिएको छ ।

मंगलबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बजेट सार्वजनिक गरेका हुन् ।

विनियोजित कुल बजेटमध्ये चालु खर्चतर्फ २६ अर्ब १ करोड रुपैयाँ अर्थात ४५ प्रतिशत, पुँजीगततर्फ २९ अर्ब ७० करोड अर्थात ५१ प्रतिशत र वित्तिय व्यवस्थापन तर्फ २ अर्ब रूपैयाँ अर्थात ४ प्रतिशत छुट्याइएको छ ।

बजेटमा विनियोजित खर्च व्यवस्थापन गर्ने स्रोततर्फ कर राजस्ववाट २३ अर्ब ८२ करोड , अन्य राजस्वबाट ६ अर्ब ८२ करोड, संघीय सरकारबाट प्राप्त हुने वित्तिय अनुदान १६ अर्ब ९२ करोड , विविध प्राप्ति १ अर्ब ५ करोड र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड व्यवस्था गरिने भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)