मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारको नीति तथा कार्यक्रम आज: स्वास्थ्य, कृषि तथा पुर्वाधार र रोजगारी प्राथमिकतामा


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २, २०७७
  • 408
    SHARES

 

  • फाईल फोटो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको  नीति तथा कार्यक्रम आज (शुक्रबार)  सार्वजनिक  गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराहन्न ४ बजे संघीय संसद र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ ।

संघीय संसद सचिवालयका तर्फबाट सबै तयारी पूरा भएको छ । यस्तै विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका सबै मापदण्ड पूरा गरी, स्वास्थ्य टोलीको सुझाव अनुसार सामाजिक दुरी कायम गरेर बसाइ व्यवस्थापन मिलाइएको सचिवालयले जनाएको छ ।

नीति तथा कार्यक्रमको दिशानिर्देशन अनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुने छ । कोरोना भाइरस महामारीबीच आउन लागेको नीति तथा कार्यक्रमले स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्ने भएको छ । नीति तथा कार्यक्रमले अर्थतन्त्रको पुनरुत्थानमा जोड दिने बताइएको छ  ।

कोरोना महामारीले ठप्प भएका उद्योग व्यवसायलाई पनि पुर्नर्जीवित गराउन सरकारले राहतको प्याकेज ल्याउने जानकारी गराइसकेको छ । यस्तै करमा सहुलियत दिने देखि मौद्रिक नीतिबाट पनि ब्याजमा छुट दिने योजना ल्याउने तयारी सरकारको छ ।

नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरी स्वास्थ्य सेवाका उपकरण र पूर्वाधार विस्तारमा जोड दिने मुल लक्ष्य नीति तथा कार्यक्रमका हुने अर्थमन्त्री खतिवडाले जानकारी गराइसकेका छन । अर्थमन्त्री खतिवडाले आधाभूत स्वास्थ्य सेवा र माध्यमिक शिक्षा निःशुल्क गर्ने आधारबाट बजेट आउने स्पष्टपार्नु भएको छ ।

उहाले स्वास्थ्यसंगै दोस्रो प्राथमिकता आर्थिक पुनरुत्थान र कृषिलाई जोडेर आउने उनले स्पष्टपारि सक्नु भएको छ। यसैगरी बजेटले वैदेशिक रोजगारीबाट फर्किनेलाई व्यवस्थापनका साथै आन्तरिक रोजगारीलाई ध्यान दिने भएको छ ।

यसैगरी कृषि उत्पादन वृद्धि, साना तथा मझौला उद्योग, पर्यटन, सामाजिक सुरक्षा रोजगारी सिर्जना, विपन्न समुदाय, निजी क्षेत्रलाई प्रोत्साहन दिने बताइएको छ ।

यस्तै राष्ट्रिय गौरवका र निर्माणधिन आयोजनहरुलाई निरन्तरता दिने भएको छ । योे वर्ष विषम परिस्थितीका कारण सरकारले नयाँ कार्यक्रम ल्याउने संभावनाकमै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }