बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सातै प्रदेशमा नेपाली सेनाको क्वारेन्टाइन 


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १५, २०७६
  • 574
    SHARES

काठमाडौं ।  नेपाली सेनाले सातै प्रदेशमा ७ हजार २३४ ओटा बेडसहितका क्वारेन्टाइन निर्माण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड१९) को संकमण बढ्न सक्ने जोखिमका कारण सेनाले पूर्वतयारी स्वरुप क्वारेन्टाइन निर्माण गरेको जनाएको छ ।

बिहीबारसम्म निर्माण गरिएका मध्ये १ हजार १० जनालाई क्वारेन्टाइनमा राखिसकिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । त्यस्तै, सेनाले दुई खालका आइसोलेसन वार्ड निर्माण गरेको छ । खासगरी साधारण बेडसहितका १९०२ र आर्इसीयू बेडसहितका १९२ गरि २०९४ ओटा वार्ड निर्माण गरिएको पाण्डेले बताए ।

ती आईसोलेसनमा ४६ जनालाइ राखिसकिएको छ । त्यस्तै, सेनाका २०६ जना  स्वास्थ्यकर्मी खटिएका छन । संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा नेपाली सेनाले देशभर क्वारेन्टाइन र आइसोलेसन वार्ड निर्माण गरिरहेको छ ।

चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले १९८ देशमा पुगेको छ । नेपालमा हालसम्म ३ जनामा कोरोना भाइस संक्रमित भेटिएका छन् । एकजना उपचारपछि घर फर्किसकेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)