आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आज पनि अवरुद्ध बन्न पुग्यो प्रदेश १को बैठक


  • माउन्टेन खबर
  • आइतवार, असार २०, २०७८
  • 438
    SHARES

२० असार, मोरङ । प्रदेश सरकारका एक मन्त्रीले सदनमा दिएको अभिव्यक्तिका कारण प्रदेश नम्बर–१ को बजेट अधिवेशन आज पनि अवरुद्ध बन्न पुगेको छ। भौतिक पूर्वाधार मन्त्री अम्मिरबाबु गुरुङले सदनमा समक्ष माफी माग्नुपर्ने माग राख्दै माओवादी केन्द्रले आइतबार पनि प्रदेश १ प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

प्रदेशसभाको आइतबार बसेको बजेट अधिवेशनको १६ बैठकको कारवाही शुरु हुनासाथ माओवादी केन्द्रका सांसदहरुले उठेर विरोध जनाएपछि बैठक भोलि सम्मका लागि बैठक स्थगित गरिएको छ । माओवादी केन्द्रले पछिल्ला चारवटा बैठक अवरुद्ध गरेका कारण चल्न सकेको छैन ।

माओवादी केन्द्रले मुख्यगरी प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र उनले प्रदेशसभा सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाएकोले माफी माग्नुपर्ने माग अगाडि सारेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)