बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने पक्राउ


  • माउन्टेन खबर
  • बिहिबार, असार २४, २०७८
  • 411
    SHARES

गण्डकी, २४ असार 
युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइन ९भाइबर, ह्वाट्सएप० मार्फत सट्टेबाजी गराइरहेको अवस्थामा पोखरा महानगरपालिका–६ लेकसाइडस्थित एक होटलबाट पोखरा–२७ तालचोकका १८ वर्षीय सुलभ सुवेदीलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ सुवास हमालले बुधबार जानकारी दिनुभयो ।

निजलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत सट्टेबाजी गर्न नहुने कसुरमा सातदिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको र घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)